कृषि विकास बैंकले कोर बैंकिङ्ग सिस्टम अपग्रेड गर्दै, सबै सेवाहरु आज अपरान्हदेखि २ दिन बन्द

  • Technology Khabar | ८ श्रावण २०७८, शुक्रबार
कृषि विकास बैंकले कोर बैंकिङ्ग सिस्टम अपग्रेड गर्दै, सबै सेवाहरु आज अपरान्हदेखि २ दिन बन्द

काठमाडौं ।

कृषि विकास बैंकको सेवा आजदेखि साउन १० गतेसम्मका लागि बन्द हुने भएकोछ।

बैंकले आफ्नो कोर बैंकिङ्ग सिस्टमलाई अपग्रेड गर्ने सिलसिलामा आजदेखि सम्पूर्ण सेवा बन्द गर्ने जानकारी दिएकोछ ।बैंकले कोर बैंकिङ्ग सफ्टवेयर टेमेनस २४ एप्लिकेसनको भर्सन १६ लाई अपग्रेड गरेर भर्सन आर २०मा जाने भएको हो ।

बैंकले कोर बैंकिङ्ग सिस्टममार्फत हुने सेवाहरुका साथै मोबाइल बैंकिङ्ग, एटिएम, इन्टरनेट बैंकिङ्ग, डेबिटकार्ड/क्रेडिटकार्ड लगायतका सबै सेवाहरु प्रभावित हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

आज अपरान्ह २ः३० बजेदेखि १० गते बिहान १० बजेसम्म सेवा बन्द रहने बैंकले जनाएको छ ।

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार