४८ एमपी क्यामरा र ठूलो ब्याट्रीसहित ग्यालेक्सी एम२१ २०२१ सार्वजनिक

  • Technology Khabar | ६ श्रावण २०७८, बुधबार
४८ एमपी क्यामरा र ठूलो ब्याट्रीसहित ग्यालेक्सी एम२१ २०२१ सार्वजनिक

काठमाडौं ।

सामसङले गत वर्षको मार्चमा घोषणा गरेको ग्यालेक्सी एम२१ स्मार्टफोनको २०२१ भर्सन हालै सार्वजनिक भएको छ।

सामसङ ग्यालेक्सी एम२१ २०२१ एडिशन नाम दिइएको उक्त डिभाइसमा ४८ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप तथा ठूलो ब्याट्री रहेको कम्पनीले दावी गरेको छ।

झट्ट नाम र स्पेसिफिकेशन सुन्दा २०२१ एडिशनबाहेक यो डिभाइसमा सबै पुरानै कुराहरु छन् जस्तो लागे पनि कम्पनीले गत वर्षको भर्सनभन्दा यसमा थुप्रै कुराहरुमा सुधार र परिमार्जन गरिएको बताएको छ।

परिमार्जनहरुमा यसको पछाडिको प्यानलको डिजाइन केही फरक रहेको छ भने

४८ मेगापिक्सेल नै भए पनि मुख्य क्यामरामा जीएम२ सेन्सर प्रयोग गरिएको छ। यस्तै गत वर्ष एन्ड्रोइड ११ मा आधारित वन यूआई ३.१ कोर प्रयोग गरिएको छ।

यसबाहेकका अन्य स्पेसिफिकेशन गत वर्षको भेरियन्टको जस्तै छ। एक्जिनोस ९६११ चिपसेट, ६.४ इन्च फुल एचडी+ एमोलेड स्क्रीन, १५ वाट फास्ट चार्जरसहितको ६००० एमएएच ब्याट्री तथा पछाडि रहेको फिंगरप्रिन्ट स्क्यानर यसमा मुख्य विशेषताहरु हुन्।

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार