
काठमाडौं ।
पेगासस स्पाइवेयरको चपेटामा नेपाली कुटनितीज्ञ पनि परेका छन् । विश्वभर विभिन्न देशहरुमा पत्रकार, मानवअधिकारवादी, कुटनितिज्ञ र राजनैतिक व्यक्तिहरुको जासुसी गर्न प्रयोग गरिएको इजरायली कम्पनी एनएसओ ग्रुपको पेगासस सफ्टवेयरको चपेटामा नेपालका राजदूत समेत परेका छन् ।
सो बारेमा विश्वका विभिन्न १८ वटा संचारमाध्यम एमनेष्टी इन्टरनेशनललगायतले गरेको संयुक्तअनुसन्धानले दिल्लीमा रहेका नेपाली कुटनितीज्ञको समेत स्मार्टफोनमा सो स्पाइवेयरमार्फत जासुसी गरिएको पाईएको हो ।
यो पनि हेर्नुस्-
इजरायली जासूसी सफ्टवेयर पत्रकार र अधिकारकर्मीको मोबाइल ह्याक गर्न लक्षित गरिएको खुलासा
फ्रान्सेली पत्रिका ले मोण्डेलाई उदृत गर्दै द हिन्दुले जनाएअनुसार भारतको राजधानी दिल्लीमा रहेका नेपालका राजदुत निलाम्बर आचार्यसहित इरान, अफगानिस्तान, र चीनका राजदुतहरुको पनि जासुसी गरिएको छ।
सोमबार पेगासस स्पाइवेयरको सहयोगमा गरिएको भारतीय राजनीतिज्ञ र पत्रकारहरू पनि सर्भिलेन्स अपरेसनको लक्ष्य भएपछि फ्रान्सेली अखबार ले मोन्डेले रिपोर्ट गरेअनुसार २०१७ देखि सन् २०२१ सम्म फोन ह्याकिङ्गको सम्भावित लक्ष्यको सूचीमा दिल्लीका धेरै कूटनीतिज्ञहरू पनि थिए।
जसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्बन्धित फोनमा पनि सो स्पाइवेयरमार्फत ह्याक गरेर जासुसी गरिएको बताईएको छ ।
यो पनि हेर्नुस्-
तपाईको फोन ह्याक गर्न सक्दछ पेगासस स्पाइवेयरले, जान्नुहोस् कसरी सुरक्षित रहने
पेगासस स्पाइवेयरमार्फत स्मार्टफोन ह्याक गर्ने एनएसओसँग सम्बन्धित क्लाउड एकाउन्ट अमेजनद्धारा बन्द
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार