सार्वजनिक भएयता १० लाख थान पावर ब्यांक बेचेको रेडमीको दावी

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार
सार्वजनिक भएयता १० लाख थान पावर ब्यांक बेचेको रेडमीको दावी

काठमाडौं ।

शाओमीले रेडमी ब्रान्डको पावर ब्यांक सार्वजनिक भएयता १० लाख थान बिक्री गरेको छ।

गत वर्षको फेब्रुअरीमा सार्वजनिक गरिएको यो पावर ब्यांक १०००० तथा २०००० एमएएच क्षमताको गरी दुई भेरियन्टमा उपलब्ध छ।

भारतमा यी दुई भेरियन्टका पावर ब्यांकहरुमध्ये १०००० एमएएचको २० प्रतिशत छुटसहित ८०० भारु तथा २०००० एमएएच क्षमताको ३० प्रतिशत छुटसहपत १४०० भारुमा बिक्री भइरहेका छन्।

यूरोपमा १०००० एमएच भेरियन्ट १० यूरोमा उपलब्ध छ। २०००० एमएएच भेरियन्टको आउटपुट १८ वाट तथा १०००० एमएएचको १० वाट रहेको छ। यी दुवैलाई चार्ज गर्नका लागि यूएसबी सी वा माइक्रो यूएसबी केबल प्रयोग गर्न सकिन्छ।

यो १० लाखको आँकडा रेडमी ब्रान्डका पावर ब्यांकको मात्रै हो। कम्पनीले गत वर्ष भारतमा निर्मित एमआई ब्रान्डका १ करवड थान पावर ब्यांक बिक्री गरेको दावी गरेको थियो।

यसबाहेक सन् २०१५ मा कम्पनीले सन् २०१३ मा सार्वजनिक भएको १०४०० एमएएच क्षमताको पावर ब्यांक विश्वभरमा १ करोड थाब बेचे सर्वाधिक बिक्री हुने डिभाइसमा परेको आँकडा प्रस्तुत गरेको थियो।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...