१०८ मेगापिक्सेल क्यामरा र १२० हर्ज डिस्प्ले सपोर्ट गर्ने हेलियो जी९६ चिपसेट सार्वजनिक

  • Technology Khabar | २ श्रावण २०७८, शनिबार
१०८ मेगापिक्सेल क्यामरा र १२० हर्ज डिस्प्ले सपोर्ट गर्ने हेलियो जी९६ चिपसेट सार्वजनिक

काठमाडौं ।

चिनियाँ चिप निर्माता कम्पनी मिडियाटेकले शक्तिशाली हिलियो जी९६ चिपसेट सार्वजनिक गरेको छ।

यसबाहेक कम्पनीले जी८८ चिपसेट पनि ल्याएको छ। तर यिनीहरुको नाम हेर्दा यसअघिका हिलियो जी९८ र जी८५ का अपग्रेड होलान् जस्तो लागे पनि यी सम्पूर्ण रुपमा अघिल्ला चिपसेटका अपग्रेड होइनन्।

हिलियो जी९६ मा दुई ओटा कर्टेक्स-ए७६ कोर तथा ६ ओटा ए५५ कोर रहेका छन्। यसमा माली-जी५७ एमसी२ जीपीयू राखिएको छ जुन यसअघि आएको जी७६ एमसी४ भन्दा केही तल्लो स्तरको हो।

यसले १२० हर्ज रिफ्रेश रेट तथा १०८०+ पिक्सेल रेजोल्युशन तथा बढीमा १०८ मेगापिक्सेलसम्मको क्यामरा सपोर्ट गर्छ। साथै ३० फ्रेम प्रति सेकेन्डमा फोरके भिडियो पनि सपोर्ट गर्छ।

यसबाहेक द्रुत एटीई, यूएफएस २.२ जस्ता द्रुत स्टोरेज र ५.२ को नयाँ ब्लूटूथ भर्सन पनि यसमा चल्न सक्छ।

यस्तै हिलियो जी८८ मा दुई ओटा कर्टेक्स ए७५ कोर तथा ६ ओटा ए५५ कोर रहेका छन्। यसमा माली जी५२ एमसी२ जीपियू रहेको छ। यसमा पनि एलटीई मोडेम यसअघिको भर्सनमा जस्तै रहेको छ। यसले ९० हर्ज रिफ्रेश रेट को १०८०+ पिक्सेलसम्मका डिस्प्ले सपोर्ट गर्छ। साथमा ६४ मेगापिक्सेलसम्मको मुख्य क्यामरा सपोर्ट गर्न सक्छ।

प्रकाशित: २ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...