
काठमाडौं ।
अपडेटः हाल आर्काइभ गरिएको पुरानो ह्याण्डल डिलिट गरिएपनि सो सबै डाटालाई नयाँ एकाउन्ट @PM_nepal_ मा सारिएको देखिन्छ । जसलाई अझैपनि प्रधानमन्त्रीको आधिकारीक ट्विटर ह्याण्डल भनेर नै उल्लेख गरिएको छ । तर त्यसमा यसअघिको ट्विटर ह्याण्डलको भेरिफाई भएको ब्लू टिक भने हटेको छ ।
हेर्नुस सो ट्विटर ह्याण्डलको स्क्रीनसट-

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डल आर्काइभ गर्न नजान्दा भएको विवादका बिच आफ्नो कमजोरी ढाकछोप गर्न पुरानो आर्काइभ गरिएको एकाउन्टै डिलिट गरिदिएको छ।
हालै विभिन्न संचारमाध्यमहरु तथा सामाजिक सञ्जालमा निकै चर्चामा रहेको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा प्रयोग गरिएको भन्दै सो ट्विटर ह्याण्डललाई नै आर्काइभ गरिएको थियो।
तर सो बारेमा विवाद उत्पन्न भएपछि आरोप प्रत्यारोप हुँदै आएको छ ।
तर अहिले भने सो आर्काइभ गरिएको एकाउन्ट @PM_nepal_KPoli नै डिलिट गरिएको छ। केहि घण्टा अगाडी सम्म सो एकाउन्ट सक्रिय र हेर्न सकिने थियो ।
अब सो ट्विटर ह्याण्डलबाट गरिएका पुराना कुनैपनि विषयहरु हेर्न सकिँदैन र डाटाहरुका साथै सबै जानकारी हटाइका छन्।
अहिले सो आर्काइभ गरिएको ट्विटर एकाउन्ट खोल्दा ट्विटरले सो नाममा एकाउन्ट नभएको जानकारी दिन्छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको लागि नयाँ आधिकारिक ट्विटर एकाउन्ट @PM_Nepal सिर्जना गरिएको छ।
यसअघिका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाउँदै आएको आधिकारीक ट्विटर ह्याण्डललाई नै आर्काइभ गरेपछि अर्को एकाउन्टमार्फत नयाँ प्रधानमन्त्रीको लागि सेवा शुरु गरिएको हो।
पुरानो ट्विटर हयाण्डमा भएका डाटाहरु आर्काइभ गर्न नजान्दा प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डल नै आर्काइभ गरिएको थियो । जसमा सबै फलोअर तथा ब्लूटिक हराएको आर्काइभमा गएको थियो ।
तर अहिले भने पुरानो आर्काइभ गरिएको एकाउन्ट नै डिलिट गरिएको हो। संभवत सामाजिक सञ्जालमा यस बारेमा आरोप प्रत्यारोप भएसँगै नयाँ एकाउन्ट ब्लक गरिएको अनुमान गरिएको छ।
तर यसलाई कस्ले आर्काइभ गर्यो भन्ने स्पष्ट भएको छैन् । यस बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्तालाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क भएन् ।
यो पनि हेर्नुस्-
प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डल आर्काइभ गर्न नजान्दा फलोअर र ब्लू टिक हरायो
प्रकाशित: १ श्रावण २०७८, शुक्रबार