क्यूआर कोडमार्फत हुने कारोबार रकम घट्दो, जेठमा मात्रै ५६ करोड रुपैयाँले कम

  • Technology Khabar | १ श्रावण २०७८, शुक्रबार
क्यूआर कोडमार्फत हुने कारोबार रकम घट्दो, जेठमा मात्रै ५६ करोड रुपैयाँले कम

काठमाडौं ।

नेपालमा २०७८ साल जेठभरी क्यूआर कोडमार्फत १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा जेठ मसान्तसम्ममा क्यूआर कोडमार्फत भएको कारोबार संख्या ५ लाख २ हजार ६६६ रहेको तथ्याङ्क छ।

वैशाख मसान्तसम्ममा यो कारोबारको संख्या ६ लाख ७२ हजार ६८९ रहेको थियो। यसरी हेर्दा वैशाख मसान्तभन्दा जेठ मसान्तसम्मा क्यूआर कोडमार्फत् भएको जम्मा कारोबार संख्या १ लाख ७० हजार २३ ले कम हो।

अघिल्लो महिनामा क्यूआर कोडमार्फत् २ अर्ब ५२ करोड ९० लाख रुपैयाँको कारोबार भएकामा जेठ मसान्तसम्ममा आउँदा यो रकम घटेर १ अर्ब ९६ करोड ८० लाख रुपैयाँमा झरेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा क्यूआर कोडमार्फत् भएको कारोबार रकममा ५६ करोड १० लाख रुपैयाँले कमी आएको छ।

यो प्रविधिमार्फत हुने कारोबारमा चैत मसान्तमा पनि निकै नै कमी आएको थियो। यसरी क्यूआर कोडमार्फत् हुने कारोबार सङ्ख्या तथा रकममा यो लगातार दोस्रो महिना कमी आएको हो।

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Best corporate & dedicated internet provider in Nepal: why businesses are choosing Classic Tech in 2026

  • Technology Khabar
  • १ श्रावण २०७८, शुक्रबार