
काठमाडौं ।
विश्वभर क्रिप्टोकरेन्सी माइनका लागि विभिन्न शक्तिशाली डिभाइसहरु प्रयोग गरिँदै आएको छ र हालै हजारौं प्लेस्टेशन कन्सोलहरु जफत गरिएका छन् । युक्रेनमा क्रिप्टोकरन्सीको लागि अवैध रूपमा माइन गर्नका लागि प्रयोग गरिएको हजारौं प्लेस्टेशन फोर गेम्स कन्सोलहरू पुरानो गोदामबाट खोजीपछि जफत गरिएको छ।
युक्रेनको सुरक्षा सेवाले गत हप्ता दक्षिणी बग नदीको किनारमा अवस्थित भिनित्सिया सहरमा यसको औद्योगिक क्षेत्रमा परित्याग गरिएको गोदाम रहेको छ जुन कुनै समय बिद्युत कम्पनी जेएससी भिनित्सियाब्लेनेर्गोको अधिनमा रहेको थियो।
सो गोदाममा प्रवेश पछि, कानून लागू गराउने एजेन्सीले देशको “सबैभन्दा ठूलो भूमिगत क्रिप्टोकरन्सी फार्म” फेला पारेको बताएको छ ।
सो गोदाममा करीव ३,८०० गेमिङ्ग कन्सोलहरू एकसाथ रिग गरिएको थियो र मेटल र्याकहरूमा भण्डार गरिएको थियो । यसका साथमा ५०० भन्दा बढी ग्राफिक्स कार्डहरू र ५० भन्दा धेरै प्रोसेसरहरू पनि फेला परेका थिए।
ती हार्डवेयर कथित रूपमा क्रिप्टोकरन्सी खनन सजिलोको लागि प्रयोग गरिएको थियो, जसमा सो कार्यको स्पष्ट रूपमा जिम्मेवारहरूले शहरबाट आवश्यक बिजुली चोरेको आरोप लगाईएको छ।
अनुमानअनुसार चोरी गरिएको बिजुली प्रत्येक महिनाको मूल्यमा १ लाख ८६ हजार अमेरिकी डलरदेखि २ लाख ६० हजार डलरको बीचमा हुन्छ। एजेन्सी
प्रकाशित: १ श्रावण २०७८, शुक्रबार