सार्वजनिक पदमा रहेका र कर्मचारीले अनलाइनबाट सम्पत्ति विवरण बुझाउन सक्ने

  • Technology Khabar | १ श्रावण २०७८, शुक्रबार
सार्वजनिक पदमा रहेका र कर्मचारीले अनलाइनबाट सम्पत्ति विवरण बुझाउन सक्ने

काठमाडौं ।

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीलाई अनलाइनबाट सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको छ।

केन्द्रले समयसीमा तोकेरै अनलाइनबाट सम्पत्ति विवरण बुझाउन भनेको हो।

केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेको मितिले ३० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिन (भदौ २८ गते भित्र) आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण अनलाइनबाट बुझाउन निर्देशन दिएको हो।

यसका लागि केन्द्रले अघिल्ला आवमा जस्तै चालु आवमा समेत अनलाइन सफ्टवेयर सञ्चालन गरेको छ।

केन्द्रको वेबसाइट http://bibaran.nvc.gov.np/ मा गई सम्पत्ति विवरण अनलाइन दर्तामा क्लिक गर्ने र अघिल्लो आवकै युजर नेम र पासवर्ड प्रयोग गरी सम्पत्ति विवरण प्रविष्टि गर्न सकिने व्यवस्था ल्याइएको छ।

सो मिति भन्दा पछि आउने बिबरणलाई मान्यता नदिने केन्द्रले जनाएको छ। केन्द्रले सम्पत्ति विवरण बुझाउन संघीय, प्रदेश र स्थानिय तह गरेर तीन वर्गमा बिभाजन समेत गरेको छ।

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Iran-linked group claims hack of FBI drones

  • Technology Khabar
  • १ श्रावण २०७८, शुक्रबार