रियलमी वाच२ प्रो भारतमा आगामी जुलाइ २३ मा सार्वजनिक गरिने

  • Technology Khabar | ३१ असार २०७८, बिहीबार
रियलमी वाच२ प्रो भारतमा आगामी जुलाइ २३ मा सार्वजनिक गरिने

काठमाडौं ।

रियलमीले आफ्नो वाच२ प्रो स्मार्टवाच भारतीय बजारमा आगामी जुलाई २३ तारिखमा उपलब्ध गराउने भएको छ।

यसै वर्षको शुरुवातमा मलेशिया लगायत विश्व बजारमा सार्वजनिक गरिएको १.७५ इन्चको डिस्प्ले तथा डुअल स्याटेलाइट जीपीएसयुक्त यो डिभाइस कम्पनीले भारतमा भने उपलब्ध गराएको थिएन।

यसै सिलसिलामा कम्पनीले आगामी हप्ता यसलाई भारतीय बजारमा उपलब्ध गराउन लागेको हो।

कम्पनीले उक्त दिन रियलमी वाच२ प्रो का साथमा सोनी एलडीएसी हाइ रेजोल्युशन अडियो सपोर्टयुक्त प्रिमियम वायरलेस इयरबड पनि सार्वजनिक गर्ने तालिका रहेको छ।

विश्व बजारमा यो डिभाइसको मूल्य ८९ डलर तोकिएको छ। यस हिसाबले त्यसैको सटही अनुसार हुने गरी भारतीय बजारमा पनि मूल्य तोकिने अपेक्षा गरिएको छ।

भारतमा सार्वजनिक भएपछि यसलाई आगामी जुलाई २६ मा हुने अमेजन प्राइम डे सेलमा पनि देख्न सकिने अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार