नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो आधिकारिक मोबाइल एप, सेवाग्राहीले एपबाटै गुनासो गर्नसक्ने

  • Technology Khabar | ३० असार २०७८, बुधबार
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो आधिकारिक मोबाइल एप, सेवाग्राहीले एपबाटै गुनासो गर्नसक्ने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबार नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) मोबाइल एप सार्वजनिक गरेको छ।

आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरे।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ।

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने तथा हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुने राष्ट्र बैंकले  जानकारी दिएको छ।

उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ ।

राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले मोबाइलबाट पनि गुनासो गर्न सकिने जानकारी दिए ।

‘आज सार्वजनिक भएको मोबाइल एपबाटै सेवाग्राहीहरुले गुनासो समेत गर्न सकिन्छ र यो सजिलो छ,’ उनले भने ।

तपाईँपनि राष्ट्र बैंकको एप प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर एन्ड्रोइड मोबाइलमा उक्त एप इन्स्टल गर्न सक्नुहुनेछ ।

प्रकाशित: ३० असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार