
काठमाडौं ।
उत्तरी भारतको जयनगरमा आइतबार सेल्फी खिच्दै गरेका ११ जनाको चट्याङ लागेर मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्।
पानी परिरहेको बेला जयनगरमा रहेको १२ औं शताब्दीको अमर फोर्ट नामक अग्लो घण्टाघरमाथि चढेर सेल्फि खिचिरहेका बेला चट्याङ परेपछि ११ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
शहरकै प्रसिद्ध पर्यटकीय स्थल भएकाले यहाँ प्राय मानिसहरुको भिडभाड रहने गर्दछ।
उक्त घटना हुँदा टावरमा २७ जना रहेको र एक्कासी चट्याङ परेपछि केही व्यक्ति टावरबाट हाम्फालेको पनि बताइएको छ।
भारतमा बर्सेनि औसत २ हजार जना चट्याङबाट मर्ने गर्छन्। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार उक्त घटनामा ज्यान गुमाउने अधिकांश युवा उमेरका रहेका छन्।
प्रकाशित: २८ असार २०७८, सोमबार