स्टार्टअप सम्मानका लागि असार २८ गतेसम्म आवेदन दिन पाईने

  • Technology Khabar | २७ असार २०७८, आईतवार
स्टार्टअप सम्मानका लागि असार २८ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं ।

स्टार्टअप सम्मानका लागि दिईने आवेदनको म्याद उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चार दिन थप गरेको छ ।

नवप्रर्वतनकारी उद्यमी र संस्थालाई सम्मान गर्न भन्दै मन्त्रालयले पहिलो पटक असार १६ गतेदेखि २५ भित्र आवेदन माग गरेको थियो।

तर त्यसअवधिमा छुट भएकाहरुका लागि सूचना जारी गर्दै असार २९ गतेसम्म निवेदन दिन सकिने गरी मन्त्रालयले समय थप गरेको हो ।

नवीनतम ज्ञान, शीप र क्षमता प्रयोग गरी नमूनायोग्य नवप्रर्वतनकारी उद्योग स्थापना गर्ने घरेलु, लघु, साना तथा मझौला उद्योगलाई सम्मान कार्यक्रममा सहभागी हुन मन्त्रालयले आहृवान गरेको छ ।

नवप्रर्वतनात्मक उद्यमीलाई प्रोत्साहन स्वरुप कदरपत्रसहित सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

त्यसरी आएका प्रस्तावहरु असार २९ गते दिउँसो १२ बजे खोलिने र सोही प्रस्तावको आधारमा संक्षिप्त सूची प्रकाशित गरिने मन्त्रालयले उल्लेख गरेको छ ।

यो पनि हेर्नुहोस्-

स्टार्टअपमा आधारित उद्योग तथा संस्थाहरुलाई पुरस्कृत गर्दै उद्योग मन्त्रालय

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार