ह्वावेले अन्डर स्क्रीन क्यामराको सबैभन्दा उत्कृष्ट सोलुशन सार्वजनिक गर्ने

  • Technology Khabar | २७ असार २०७८, आईतवार
ह्वावेले अन्डर स्क्रीन क्यामराको सबैभन्दा उत्कृष्ट सोलुशन सार्वजनिक गर्ने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले अन्डर – स्क्रीन क्यामराको उत्कृष्ट समाधान प्रस्तुत गर्ने भएको छ।

संरचनागत हिसाबले फुल स्क्रीन फिचरका लागि अन्डर स्क्रीन क्यामरा सबैभन्दा उत्कृष्ट क्यामरा प्रविधि हो।

अन्डर स्क्रीन क्यामरा प्रविधिका हकमा चिनियाँ स्मार्टफोन उत्पादकहरु निकै अगाडि रहेका छन्।

केही दिन अघि लेट्सगोडिजिटलले एउटा नोलो पेटेन्ट सार्वजनिक गरेको थियो जसअनुसार उक्त स्मार्टफोनमा अन्डर-स्क्रीन क्यामरा लागाइएको थियो।

रिपोर्टहरुका अनुसार उक्त पेटेन्ट ह्वावे टेक्नोलोजिज कम्पनी लिमिटेडले चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी अफिस सीएनआईपीएमा गत वर्ष डिसेम्बर १५ मा दर्ता गराएको र त्यसको आधिकारिकता शुक्रबार अर्थात २०२१ जुलाई ९ का दिन प्राप्त गरेको बुझिएको छ।

पेटेन्टको स्केचअनुसार यि फोनमा फुल स्क्रीन डिजाइन दिइएको छ भने स्क्रीनको फ्रेम धेरै नै साँघुरो छ। यसबाहेक स्क्रीनमा कुनै प्वाल छैन भने फोनको माथि ३.५ एमएम हेडफोन ज्याक तथा इयरपिस दिइएको छ। यसै डिजाइनका हिसाबले यसमा अन्डर-स्क्रीन क्यामरा रहने आकलन गर्न सकिन्छ।

साथै यसको दायाँपट्टि कुनै फिजिकल बटन दिइएको छैन भने बायाँपट्टि भने दुई ओटा बटन राखिएको छ। यी दुई सिम स्लट र पावर बटन हुन सक्ने अनुमान गरिएको छ। यसका साथमा यूएसबी–सी पोर्ट, एउटा माइक्रोफोन र स्पीकर रहेका छन्।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार