इन्टरनेट सेवा प्रदायकबाट प्रति ग्राहक थप १०० रुपैयाँ कर उठाउँदै भक्तपुर नगरपालिका

  • Technology Khabar | २७ असार २०७८, आईतवार
इन्टरनेट सेवा प्रदायकबाट प्रति ग्राहक थप १०० रुपैयाँ कर उठाउँदै भक्तपुर नगरपालिका

काठमाडौं ।

भक्तपुर नगरपालिकाले स्थानिय शुल्कको रुपमा इन्टरनेट सेवाबाट थप कर असुल गर्ने भएको छ ।

नगरपालिकाले स्थानीय तहमा सेवा संचालन गरिरहेका इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाउँदै प्रति ग्राहक थप १०० रुपैयाँ कर बुझाउन भनेको हो ।

कम्पनीहरुलाई जेठमा नै पत्र पठाउँदै नगरपालिकाले इन्टरनेट सेवा प्रदायक, केबलु टिभीको लाइन तथा अन्य टिभि च्यानल बितरण गर्ने संस्थाहरुको कारोबारमा ग्राहक संख्याको आधारमा वार्षिक प्रति ग्राहक रु १०० रुपैयाँको दरले चालु आवदेखि थप शुल्क लिने भन्दै सो कर बापतको रकम असुल गर्न लागेको हो ।

सो रकम पत्र प्राप्त भएको सात दिनभित्र बुझाउन समेत आदेश दिईएको छ।

त्यसैगरि हरेक आर्थिक वर्षको कर सोही आवमा नबुझाएमा हर्जाना समेत लाग्ने उल्लेख छ ।

इन्टरनेट लगायत दूरसञ्चार सेवालाई संघिय सरकारको मातहतमा राखिएको छ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...