दराज सहयात्री कार्यक्रम पुनः शुरू गर्ने

  • Technology Khabar | २७ असार २०७८, आईतवार
दराज सहयात्री कार्यक्रम पुनः शुरू गर्ने

काठमाडौं ।

अनलाइन बजार, दराजले आफ्नो सफल सहयात्री काययक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ। साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई) समर्थन गर्न शुरु गरिएको दराजको सहयात्री कार्यक्रममा गत बर्ष शुरू गरिएको थियो ।

कार्यक्रम अन्तगैत, दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरूलाई देशभरिका ७ लाख भन्दा बढी ग्राहकहरूलाई निःशुल्क पहुँच प्रदान गरी ८ हजारभन्दा बढी एसएमईहरूलाई आफ्नो व्यवसाय दराजमा दर्ता गर्न मद्दत गरेको थियो।

कम्पनीका अन्सार दराज सहयात्री कार्यक्रमको मूख्य उद्देश्य साना र मध्यम आकारका उद्यमहरूलाई शुल्क माफी, व्यापक अनलाइन प्रशिक्षण, साप्ताहिक भुक्तान चक्र र थप वित्तीय कार्यक्रमहरुको माध्यमबाट छिटो पुनः प्राप्ति गर्न सहयोग गर्नु हो ।

यसबाहेक, यस कार्यक्रममार्फत, पहिलो पटक अनलाइनमा सरेका नयाँ व्यवसायहरूले अब आउने तिन महिना दराज दशैँ धमाका अभियानमा निःशुल्क रूपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्नेछन् । यसपाली दराज सहयात्री कार्यक्रममा थप नयाँ पहलका साथ शुरु गरिएको छ जसमा सेलर प्रमिस २०२१ समावेश छ ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने “घरेलु अर्थव्यवस्था, विशेष गरी साना र मझौला आकारका व्यवसायहरूलाई महामारी र पछिल्लो लकडाउनले कठोर पारेको छ। दराजको थोक विक्रेताहरू फस्टाए बापत हाम्रो देशभर १० लाख बढी ग्राहकहरु फस्टाउनेछन् । तसर्थ, हाम्रो मूख्य उद्देश्यहरूमध्ये एक हाम्रो १ हजारबढी थोक बिक्रेतालाई प्लेटफर्ममा छिटो पुनः प्राीपत गर्न मद्दत गर्ने र थप व्यवसायहरुलाई कुनै जोखिम बिना अनलाइन बेच्ने अवसर दिने हो।”

अलीबाबा समूहको स्वामित्वमा रहेको दराज पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा अग्रणी अनलाइन सपिङ प्लेटफर्म हो ।

डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउन दराजको एसएमई केन्द्रित पहलहरू अन्य मिसनहरु मध्येको एक हिस्सा हो। दराज नेपालले १० हजारभन्दा बढी बिक्रेताहरुद्वारा इलेक्ट्रोनिक्स, फेसन, ग्रोसरीबाट घरेलु उत्पादनहरुमा ६ लाखभन्दा बढी उत्पादनहरु उपलब्ध गर्दै आएको जनाएको छ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार