माइक्रोसफ्टले भन्यो- विन्डोज प्रयोगकर्ताहरुले तुरुन्त कम्प्युटर अपडेट गर्नुस्

  • Technology Khabar | २४ असार २०७८, बिहीबार

काठमाडौं ।

सुरक्षा अनुसन्धाकर्ताहरुले अपरेटिङ्ग सिस्टममा जोखिम भेट्टाएपछि माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरुलाई तुरुन्त कम्प्युटर अपडेट गर्न आग्रह गरेको छ।

‘प्रिन्टनाइटमेर’ को रुपमा परिचित उक्त सुरक्षा जोखिमले विन्डोज प्रिन्ट स्पुलर सर्भिसमा समस्या उत्पन्न गराउँदछ। साइबर सेक्युरिटी कम्पनी स्याङ्फोरमा रहेका अनुसन्धानकर्ताहरुले गल्तीले यसलाई कसरी प्रभावित पार्ने भनी जानकारी नै प्रकाशित गरेका थिए।

अनुसन्धानकर्ताहरुले गएको मे महिनाको अन्तिममा धेरै प्रयोगकर्ताहरुले प्रिन्टरमा पहुँच गर्न सक्ने हुनाले प्रिन्ट स्पुलरमा समस्या भएको भन्दै अपडेट गर्न सबैलाई आग्रह गरेका थिए । उनिहरुले यसको बारेमा ट्विट गरेका थिए तर त्यसलाई पछि हटाएको सीएनएनले जनाएको छ।

ह्याकरले यस मार्फत तपाईको कम्प्युटरमा प्रोग्राम इन्स्टल गर्न, डाटा हटाउने र नयाँ अकाउन्टहरु बनाई तपाईको कम्प्युटर पुर्ण रुपमा क्षति गर्न सक्नेछन् ।

यो समस्या दुवै विन्डोज १० र विन्डोज ७ मा देखिने बताइएको छ ।

माइक्रोसफ्टले सो जोखिमको दूरुपयोग गर्ने ह्याकरहरूले प्रोग्रामहरू स्थापना गर्न सक्ने, डाटा हेर्न र मेटाउन सक्दछन् वा पूर्ण प्रयोगकर्ता अधिकारको साथ नयाँ प्रयोगकर्ता खाताहरू सिर्जना गर्न सक्ने चेतावनी दिएको छ।

यसले ह्याकरहरूलाई पीसीमा गम्भीर क्षति गर्न र तपाईंको पीसीको पर्याप्त कन्ट्रोल नियन्त्रण दिन्छ।

यो कमजोरीबाट विन्डोज १० मात्र नभई विण्डोज सेभेन समेत प्रभावित रहेको छ । त्यसैले कम्पनीले नयाँ प्याच अपडेट गर्न आग्रह गरेको हो ।

“हामी सुझाव दिन्छौं कि तपाईंले यी अपडेटहरू तुरून्तै स्थापना गर्नुहोस्,” कम्पनीले भन्यो ।

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया