ट्रम्पद्वारा गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर गर्ने तयारी

  • Technology Khabar | २४ असार २०७८, बिहीबार
ट्रम्पद्वारा गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौं ।

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्सरशिप लगाएङ्को भन्दै टेक जायन्ट गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।

यो मुद्दामा यी तीन कम्पनीका मुख्य कार्यकारीहरुलाई प्रतिवादी बनाइने बुझिएको छ। ट्रम्पलाई गएको जनवरीमा ह्वाइटहाउसमा भएको हिंसात्मक प्रदर्शनपछि सर्वसधारणको सुरक्षाका निम्ति भन्दै सामाजिक सञ्जालमा प्रतिबन्ध गरिएको थियो।

गएको बुधबार ट्रम्पले उक्त मुद्दा ‘अभिव्यक्ति स्वतन्त्रताको लागि निकै सुन्दर विकास’ को संज्ञा दिएका थिए।

उनले आफ्नो न्यू जर्सीको गल्फ रिसोर्टमा एउटा समाचार सम्मेलनका बीच सामाजिक सञ्जाल कम्पनी तथा डेमोक्र्याटविरुद्ध मिथ्या समाचार फैलाएको आरोप लगाए।

‘हामी सर्वविदित तथ्यप्रतिको छद्म प्रतिबन्ध, मैनता तथा कालोसूची अन्त्यको माग गरिरहेका छाैं’, उनले भने। यसबाहेक उनले प्रविधि कम्पनीहरुले यदि एउटा राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने उनीहरुले सबैलाई यस्तो गर्न सक्ने बताए।

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार