डिशहोम फाइबरनेट सेवाको नेपालका प्रमुख शहरहरुमा विस्तार

  • Technology Khabar | २२ असार २०७८, मंगलवार
डिशहोम फाइबरनेट सेवाको नेपालका प्रमुख शहरहरुमा विस्तार

काठमाडौं ।

डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपिएसदेखि १०० एमबिपिएस सम्म उपलब्ध छन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ। समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दैछ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...