विदेशी बैंकको डेबिट कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको एटीएमबाट रकम झिक्ने दुई जना पक्राउ

  • Technology Khabar | २१ असार २०७८, सोमबार
विदेशी बैंकको डेबिट कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको एटीएमबाट रकम झिक्ने दुई जना पक्राउ

काठमाडौं ।

म्याद सकिएको विदेशी बैंकको एटीएम कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको एटीएम मेशिनबाट रकम निकाल्ने दुई जना पक्राउ परेका छन्।

एटीएमबाट रकम निकाल्दै गरेको सूचना पाएपछि प्रहरीले काठमाडाैको भत्केको पुल नजिकैबाट पक्राउ गरेका दुई जनामध्ये सोलुखुम्बु घर भएका जगतबहादुर गुरुङ र पर्साकी सावित्री गुरुङ रहेका छन्।

पक्राउ परेका गुरुङद्वयको साथबाट एटीएम कार्ड र २१ लाख रुपैयाँ नगद पनि बरामद गरिएको महानागरीय प्रहरी परिसर काठमडाैंले जानकारी दिएको छ।

उनीहरूले लोएड्स बैंक लन्डनकाे म्याद गुज्रिएको  भिसा डेबिट कार्ड प्रयोग गरेर चाबहिल, कालोपुल र हात्तीसारबाट गरी ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार यसरी निकालेको रकममध्ये १० लाख रुपैयाँ सहकारीमा राखेको पनि पाइएको छ ।

पक्राउ परेका उनीहरुलाई नियम अनुसार कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार