
काठमाडौं ।
दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला वन कार्यालय धादिङबाट खटिएको टोलीले लमजुङ घर भई गल्छी बैरेनीमा कोठा गरि बस्ने ४० वर्षिय कल्पना शाखीलाई पक्राउ गरेको हो ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबाट उनी पक्राउ परेकी हुन् ।
उनीमाथि अबैध बन्यजन्तुको शिकार गरेको आरोपमा अनुसन्धान जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।
प्रकाशित: २१ असार २०७८, सोमबार