माइक्रोसफ्टको ब्लू स्क्रीन अफ डेथ विण्डोज ११ मा कालो रंगमा परिवर्तन हुने

  • Technology Khabar | २१ असार २०७८, सोमबार
माइक्रोसफ्टको ब्लू स्क्रीन अफ डेथ विण्डोज ११ मा कालो रंगमा परिवर्तन हुने

काठमाडौं ।

अमेरिकी टेक जायन्ट माइक्रोसफ्टले आफ्नो चर्चित ब्लू स्क्रीन अफ डेथको रंग विण्डोज ११ मा  परिवर्तन गरेर कालो बनाउने भएको छ।

द भर्जका अनुसार गत हप्ता कम्पनीले विन्डोज ११ को प्रिभ्यूमा यो परिवर्तित डिजाइनको परीक्षण गरिरहेको थियो। अब भने यो ब्ल्याक स्क्रीन अफ डेथ पूर्ण रुपमा इनेबल भइसकेको बुझिएको छ।

विन्डोज शुरु भएदेखि यता सन् २०१२ मा आफ्नो ब्लू स्क्रीन अफ डेथमा माइक्रोसफ्टले उदास अनुहार र २०१६ मा क्यूआर कोड मात्र थपेको थियो। कम्पनीले यो ब्लू स्क्रीन अफ डेथ विन्डोज ३.० बाट प्रयोग गर्न शुरु गरेको थियो।

यो डिजाइन अहिले कालो रंगको लग अन र शट डाउन स्क्रीनमा उपलब्ध भइसकेको छ।

माइक्रोसफ्टले विन्डोज ११ मा नीलोबाट कालो रंगमा परिवर्तन गरेपछि यो स्क्रीन विन्डोज १० को जस्तै देखिएको छ।

द भर्जले विन्डोज ११ ले अपरेटिङ सिस्टमलगायत थुप्रै कुराहरुमा केही परिमार्जन गर्न खोजेको छ। यसको कारण विन्डोज ११ मा अपरेटिङ सिस्टमका मुख्य पाटाहरुमा दृश्यात्मक परिमार्जन गर्न खोजिएकोले पनि हुन सक्छ। यी परिमार्जनमा स्टार्ट मेनु, फाइल एक्सप्लोरर तथा ब्लू स्क्रीन अफ डेथसमेत पर्दछन्।

यसमा रहेको उदास अनुहार कायमै रहने बुझिएको छ।

विन्डोज ११ मा हरियो बीएसओडी पनि रहने बझिएको छ जसलाई माइक्रोसफ्टले सन् २०१६ यता आफ्नो विन्डोज इन्साइडरमा प्रयोग गर्दै आइरहेको छ।

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार