
काठमाडौं ।
निरन्तर चलिरहेको ‘कोलोसल’ नामक साइबर आक्रमणका कारण विश्वभरिका संगठनहरूलाई असर गर्ने काम भईरहेको बेलामा स्वीडेनमा करिब ५०० कूप नामक सुपरमार्केट स्टोरहरू बन्द गर्न बाध्य भएका छन्।
कूप स्वीडेनले बताएअनुसार शुक्रवार यसको८०० मध्ये आधा भन्दा बढी स्टोर बन्द भएको बीबीसीले जनाएको छ। जसमा पोइन्टअफ सेल टिल्स र सेल्फ सर्विस चेकआउट्सले काम गर्न छोडे पछि सेवा बन्द भएका थिए ।
सुपरमार्केट स्वयं ह्याकरहरूद्वारा लक्षित थिएन् तर कम्पनीले अप्रत्यक्ष रूपमा प्रयोग गर्ने ठूलो सफ्टवेयर आपूर्तिकर्ता कम्पनीमा आक्रमणले प्रभावित भएपछि त्यस्ता संगठनहरूको संख्या बढ्दो छ।
साइबर अनुसन्धानकर्ताहरूले बताएअनुसार करिब २०० वटा व्यवसायहरु यो विशाल र्यान्समवेयर आक्रमणबाट प्रभावित भएका छन जसले अमेरिकालाई मुख्यतया प्रभावित गरेको थियो।
साइबर सुरक्षा फर्म हन्ट्रेस ल्याब्सले सो ह्याकले फ्लोरिडामा आधारित आईटी कम्पनी कासेयालाई लक्षित गरेको बताएको छ। फर्मले रूससँग सम्बन्धित रेभिल र्यान्समवेयर गिरोह जिम्मेवार रहेको विश्वास गर्दछ।
“हाम्रो टिलहरूमा रहेको पूरा भुक्तान गर्ने प्रणाली र हाम्रो सेल्फ-सर्विस चेकआउट्सले काम गर्न बन्द गर्यो त्यसैले हामीलाई प्रणाली रिबुट गर्न समय चाहिन्छ।” कम्पनीले भनेकोछ।
प्रकाशित: २० असार २०७८, आईतवार