
काठमाडौं ।
दक्षिण कोरियाको सोउल सेमिकण्डक्टरले अमेरिकाको एउटा वितरकले हालेको पेटेन्ट मुद्दा जितेको छ।
गत बिहीबार अमेरिकाको न्यूजर्सीमा रहेको जिल्ला अदालतले क्यारिड डटकममा बिक्रीका लागि लाखिएको ओनिक्स इन्टरप्राइजेजको एलईडी उत्पादनहरुले सोउल सेमिकण्डक्टरसँग रहेका एलईडीसम्बन्धी केही पेटेन्ट उल्लङ्घन गरेको बताउँदै कोरियाली एलईडी उत्पादकको पक्षम फैसला सुनाएको हो।
सोउल सेमिकण्डक्टरले ओनिक्सले एलईडीसँग सम्बन्धित विकोप प्रविधि लगायत १२ ओटा पेटेन्ट उल्लङ्घन गरेको आरोप लगाएको थियो।
ओनिक्सले आफ्नो अनलाइन प्लेटफर्म क्यारिड डटकममा थुप्रै प्रकारका एलईडी कार लाइटहरु बिक्री गर्दै आएको छ।
विकोप प्रविधिले एलईडीलाई प्याकेजिङ नगरी संयोजन गर्छ। यो विशेषगरी एलसीडीहरुमा ब्याकलाइटिङ बनाउन तथा हेडल्याम्पको थिनर बनाउनमा प्रयोग हुन्छ।
सोउल सेमिकण्डक्टरले कुनै अटोमोटिभ लाइटिङ संस्थाविरुद्ध मुद्दा जितेको पहिलोपटक हो। यससँगै अदालतले ओनिक्समार्फत् बिक्री हुने १३ ओटा सामग्रीलाई प्रतिबन्ध लगाएको छ।
सन् २०१९ मा सोउल सेमिकण्डक्टरले फिलिप्स टीभीविरुद्ध यस्तै प्रकृतिको मुद्दा जितेको थियो।
प्रकाशित: १८ असार २०७८, शुक्रबार