चिप अभावका कारण ल्याण्ड रोभरको एसयूभी डिफेन्डरको उत्पादन रोकियो

  • Technology Khabar | १७ असार २०७८, बिहीबार
चिप अभावका कारण ल्याण्ड रोभरको एसयूभी डिफेन्डरको उत्पादन रोकियो

काठमाडौं ।

विश्वभर चिप अभावले अटोमेकर, स्मार्टफोन र बैंकमा प्रयोग हुने कार्डहरु समेत प्रभावित हुने समाचारहरु आईरहेका छन् । यसैबिच अर्को कार निर्माता जगुआर ल्याण्ड रोभरले कारखानामा उत्पादन रोकिने बताएको छ।

चिप अभावका कारण अटोमोटिभ क्षेत्रले समस्या भोगिरहेको बेला बेलायती कार कम्पनीले समेत चिपको अभाव  हुने बताएको हो। जगुआर ल्याण्ड रोभर सेमीकन्डक्टर चिपहरूको विश्वव्यापी अभावका कारण उत्पादन रोक्ने लागि सबैभन्दा पछिल्लो कार निर्माता बन्यो।

यसको स्लोभाकियाको नाइट्रास्थित अत्याधुनिक कारखानामा फर्मले आफ्नो प्रमुख ४X४ डिफेन्डरको उत्पादन रोकेको अटोकारले रिपोर्टमा उल्लेख गरेको छ।

यस कारखानाले एक बर्षमा १ लाख ५० हजार ४X४ डिफेन्डरको उत्पादन गर्ने योजना बनाइएको थियो, तर यो शटडाउनले कार निर्मातालाई बिक्रीमा असर पुर्‍याउने छ । किनकि पहिलेदेखि नै यसको उच्च मूल्यांकन गरिएको र अत्यधिक माग रहेको डिफेन्डरको बजार माग पुरा गर्न सक्दैन् ।

अहिलेपनि यो कारको मागअनुसार ग्राहकहरुले कम्तिमा १ वर्ष कुर्नुपर्ने अवस्थामा चिप अभावले उत्पादन बन्द भएसँगै थप समय लम्बिने देखिएको छ।

यसका साथै जगुआर ल्याण्ड रोभरले उत्पादन गर्ने डिस्कभरीको उत्पादनमा समेत असर पारेको बताईएको छ।

यसअघि नै विश्व बजारमा चिप अभावका कारण हुण्डाई, फक्सवागन, जनरल मोटर्स, अडी, माज्दालगायतले आफ्ना उत्पादनहरु कटौती र रोक्ने काम गर्दै आएका छन् ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...