एलजीले क्यूएनईडी मिनी एलईडी टीभी जुलाइबाट बिक्री शुरु गर्ने

  • Technology Khabar | १७ असार २०७८, बिहीबार
एलजीले क्यूएनईडी मिनी एलईडी टीभी जुलाइबाट बिक्री शुरु गर्ने

काठमाडौं ।

एलजी इलेक्ट्रोनिक्सले आफ्नो प्रिमियम एलसीडी टीभी ब्रान्ड एलजी एलजीले क्यूएनईडी मिनी एलईडी टीभी जुलाइबाट बिक्री शुरु गर्ने बताएको छ।

कम्पनीले बुधबार यस्तो घोषणा गर्दै यो टीभी शुरुमा अमेरिकाबाट बिक्री गर्दै क्रमश: जापान, यूरोपका देशहरु तथा दक्षिण कोरियमा उपलब्ध गराउने जानकारी दिएको हो।

यो टीभी १२० हर्ज रिफ्रेश रेटसहितको ८के,  ६० हर्ज रिफ्रेश रेटसहितको ८के तथा १२० हर्ज रिफ्रेश रेटसहितको ४के रेजोल्युशन भेरियन्टमा उपलब्ध हुनेछ। यस बाहेक यो टीभी ६५, ७५ र ८६ इन्चको साइजमा बजारमा ल्याइनेछ।

दक्षिण कोरियामा यसका जम्मा ७ ओटा मोडल सार्वजनिक गरिने बुझिएको छ।

मिनी एलईडी टीभीमा ब्याक लाइटिङका लागि मिनी एलईडी प्रयोग गरिएको हुन्छ। यी एलईडीका आकार एलसीडीका दाँजोमा निकै साना हुन्छन्।

एलजीको ८६ इन्चको मोडलमा जम्मा ३० हजार प्रकाशका स्रोत तथा २५ सय लोकल डिमिङ जोनहरु हुनेछन्। कम्पनीको दावी अनुसार यी क्यूएनईडी मिनी एलईडी टीभीको कन्ट्र्यास्ट रेशियो परम्परागत एलसीडी टीभीको दाँजोमा १० गुणा बढी हुन्छ।

यस टीभीमा क्वान्टम डट नानोसेल कलर टेक्नोलोजी प्रयोग गरिएको छ जसले टीभीमा धेरै रंगको प्रगाढता प्रदान गर्दछ। कम्पनीले यी क्यूएनईडी टीभी आफ्नो टीभी सेगमेन्टको सबैभन्दा उच्च स्तरको भएको दावी पनि गरेको छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...