३५ वाट इन्टेल सीपीयूसहितको शाओमी एमआई नोटबुक प्रो एक्स सार्वजनिक

  • Technology Khabar | १७ असार २०७८, बिहीबार

काठमाडौं ।

शाओमीले आफ्नो अत्याधुनिक प्रिमियम नोटबुक एमआई नोटबुक प्रो एक्सलाई चीनमा सार्वजनिक गरेको छ। यो डिभाइसमा केही उल्लेखनीय स्पेसिफिकेशनहरु समावेश रहेका बुझिएको छ।

यसमा इन्टेल र एनभिडिया अत्याधुनिक जेनेरेशनको हार्डवयरका साथमा १५.६ इन्चको ३.५ के रेजोल्युशनको ओएलईडी डिस्प्ले दिइएको छ।

३४५६x२१६० पिक्सेलको यो डिप्लेमा अधिकतम ब्राइटनेस ६०० निट्ससम्म पुग्ने र यसमा सुरक्षाका लागि गोरिल्ला ग्लास लगाइएको कम्पनीले जनाएको छ।

यो डिस्प्लेको वरिपरी ४.०३ मिलिमिटरको पातलो बेजल रहेको छ भने कम्पनीले यसमा ९१ प्रतिशत स्क्रीन टू बडी रेशियो प्रप्त हुने दावी गरेको छ।

यो नोटबुकमा ११औं जेनेरेशनको इन्टेल कोर आई७ वा आई५ रहेको छ भने यसको कन्फिगरेशन १० एनएम सुपरफिन नोडमा आधारित शक्तिशाली ३५ वाट ८ थ्रेड कोर आई७-११३७०एच सम्म पुग्ने बताइएको छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया