ताजा समाचार

कोरियाले भूमिगत रेल मार्गमा फाइभजी एमएमवेभ टेक्नोलोजी परीक्षण गर्ने

कोरियाले भूमिगत रेल मार्गमा फाइभजी एमएमवेभ टेक्नोलोजी परीक्षण गर्ने
Global IME Bank

दक्षिण कोरियाको आईसीटी मन्त्रालयले नेटवर्क वायरलेस सेवा प्रदायकहरुसँग मिलेर सियोलको मेट्रो प्रणालीमा फाइभजी मिलिमीटर वेभ (एमएमवेभ) टेक्नोलोजीको परीक्षण गर्ने भएको छ।

कोरियाको सरकारी निकायले सो परीक्षण नेटवर्क सेवाहरुमा सुधार ल्याउने र यसको व्यावसायीकरणको गति बढाउन काम गर्ने बताइएको छ।

दक्षिण कोरियाका ५जी नेटवर्कहरू हाल मिड-ब्यान्ड स्पेक्ट्रममा परिचालन गरिएको छ, यसले उच्च ब्यान्ड एमएमवेभ स्पेक्ट्रमको तुलनामा तुलनात्मक रूपमा सुस्त गतिमा सेवा र डाटा पुर्‍याउँछ, जुन वर्तमान फोरजी एलटीई नेटवर्क भन्दा सैद्धांतिक रूपमा २० गुणा बढी छिटो हुन सक्छ।

कोरियाको मन्त्रालयले भनेअनुसार देशका तीन प्रमुख क्यारियर एसके टेलिकम, केटी र एलजी यूप्लस – साथै सियोल मेट्रोसँग मिलेर मेट्रो प्रणालीमा वाईफाईको लागि फाइभजी एमएमवेभमा आधारित “ब्याकहोल” नेटवर्क स्थापना गर्नेछ, जसले नाटकीय रूपमा वाइफाइ सेवाहरू सुधार गर्ने अपेक्षा गरिएको छ ।

क्यारियरहरूले टेक्नोलोजीलाई ५.४ किलोमिटर सेक्सन लाइन २ मा सिनसियोल्डोङ्ग देखि सेयोङ्गसु स्टेशनहरू सम्म सामसङ इलेक्ट्रोनिक्सबाट उपलब्ध नेटवर्क उपकरणहरूको साथ परीक्षण गर्नेछन्।

यो कदम त्यसबेला आएको छ जतिबेला सरकारले मोबाइल क्यारियरबाट ५जी सेवाहरू सुधार गर्न थप लगानीलाई प्रोत्साहित गर्न खोज्यो।

प्रशासनले आगामी वर्षको अन्त्यसम्ममा ५जी नेटवर्कहरूले राष्ट्रव्यापी कभरेज गर्ने लक्ष्य लिएको छ । कोरियामा सन् २०१९ अप्रिल २०१ फाइभजी लाइभ भएको थियो ।

जे होस् क्यारियरहरुले छिटो आफ्नो नेटवर्क कभरेज विस्तार गरेका छन्, तर पूर्ण टेक्नोलोजी प्रस्तावको उपयोग गर्न सक्ने सेवाहरूको अभावका बिचमा तिनीहरू अझै सम्म ५जी एमएमवेभ व्यावसायीकरण गर्न हिचकिचाइरहेका छन् ।

कोरियामा अझैपनि अप्रिल सम्मको तथ्यांकअनुसार ७१ प्रतिशत देशका मोबाइल प्रयोगकर्ताहरू फोरजी नेटवर्कमा थिए, जबकि ५जी मा २१ प्रतिशत थिए। एजेन्सीहरु

Sajilo Visa
easy care