काठमाडौं ।
एलजीले दक्षिण कोरियामा रहेका आफ्ना एलजी बेस्ट शपमार्फत् आईफोन बेच्ने निर्णय गरेकोमा सामसङले त्यसको विरोध गरेको छ।
सामसङले एलजीको यस्तो कदमले आफूहरुबीच सन् २०१८ मा भएको सम्झोताको उल्लंघन हुने बताएको छ।
उक्त सम्झाैताअनुसार एलजीका स्टोरबाट एलजीका मात्रै र सामसङका स्टोरबाट सामसङका फोनहरुमात्र बेच्न सकिनेछ। यो सम्झाैताले दुवै कम्पनीका मझ्याैला खालका स्टोरहरुको व्यापार सुरक्षित गर्नु हो।
तर एलजीले भने उक्त बुँदामा यदि कम्पनीमा ठूलो परिवर्तन आएको खण्डमा पुन: विचार गर्न सकिने उल्लेख भएकोमा जोड दिएको छ।
यसको अर्थ यसले आफ्नो कम्पनीले मोबाइल व्यापार नै बन्द गरेकाले उक्त बुँदा अनुसार अन्य व्यापार गर्न पाउनुपर्ने तर्क अघि सारेको हो।
यो सम्झाैताको शुरुवात गर्ने संघले पनि एलजीको यो निर्णयप्रति आपत्ति जनाएको छ भने यति नै बेला परिस्थितिजन्य कारणका हिसाबले उक्त सम्झाैतामा पुनर्विचार वा परिमार्जन गर्न सकिने पनि संकेत गरेको छ।
यता ४ सयभन्दा बढी एलजी स्टोरबाट आईफोन बिक्री हुन थालेपछि आफ्नो फाइभजी फोनको बजारलाई असर पार्ने कुराले सामसङ भने डराइरहेको छ। एप्पल विश्वभरमै फाइभजी फोन बिक्रीमा अग्रणी स्थानमा छ भने सामसङले उसलाई पछ्याइरहेको छ।
त्यसमाथि आगामी सेप्टेम्बर अक्टोबरमा आईफोनका नयाँ फाइभजी मोडलहरु सार्वजनिक हुने भएकाले पनि सामसङको यो डर स्वाभाविक देखिन्छ।
प्रकाशित: १४ असार २०७८, सोमबार