
काठमाडौं ।
यदि तपाईं गुगलमा केहि खोजी गर्नुहुन्छ र यसको नतिजा विश्वसनीय छैन भने अब गुगलले तपाईंलाई सूचित गर्नेछ।
सर्च जायन्टले प्रयोगकर्ताहरूले गुगलबाट प्रासंगिक र विश्वसनीय जानकारी लिनुपर्ने भनेको छ। यदि यसले स्रोतको विश्वसनीयताको ग्यारेन्टी गर्न सक्दैन जुन तपाईंको खोजी परिणामहरूमा देखा पर्दछ भने यसले अब एक चेतावनी जारी गर्नेछ।
यो त्यसबेला हुनसक्छ जब विश्वसनीय स्रोतहरूमा तपाईंले खोजी गरेको शीर्षकको बारेमा पर्याप्त जानकारी छैन।
कम्पनीले एक ब्लग पोष्टमा भन्यो, ‘वर्तमान वातावरणमा समयसापेक्ष, सान्दर्भिक र भरपर्दो जानकारीको लागि पहुँच महत्वपूर्ण हुँदै गइरहेको छ। चाहे तपाईँ सोशल मिडियामा केहि हेरिरहनु भएको छ वा साथीसँग च्याट गर्दै हुनुहुन्छ । तपाईँ कुनै पनि विषयका बारे बढि जान्न गुगलमा जान सक्नुहुन्छ। गुगल खोजी जहिले पनि हामीले प्रदान गर्न सक्ने सबैभन्दा उपयोगी परिणामहरूको साथ हुनेछ।’
जानकारी पछि जाँच गर्न नोटिस देखाउनेछ
गुगलका अनुसार यो विशेष गरी ब्रेकिंग न्यूज वा इमर्जिङ्ग शीर्षकहरूका लागि सही हुन सक्छ, जब पहिले प्रकाशित जानकारी सबैभन्दा विश्वसनीय नहुन सक्छ।
कम्पनीले थप्यो, ‘यसका लागि सहयोग पुर्याउन हामीले हाम्रो प्रणालीलाई कुन विषय कसरी द्रुत रूपमा विकास भइरहेको छ र स्रोतहरूको दायरा, जसको मूल्यांकन गरिएको छैन भनेर पत्ता लगाउन तालिम दियौं। हामी अब एउटा सूचना देखाउने छौं जुन यसले दर्शाउँछ कि पछि जाँच गर्नका लागि यो उत्तम हुन सक्छ। जब स्रोतहरूको विस्तृत श्रृंखलाबाट थप जानकारी उपलब्ध हुन्छ।’
यसका साथमा गुगलले खोज परिणाम पृष्ठमा देखा पर्ने अप्रासंगिक नतिजाहरूको संख्या विगत ५ बर्षमा ४० प्रतिशत भन्दा बढीले घटेको खुलासा गरेको छ।
प्रकाशित: १२ असार २०७८, शनिबार