टीएसएमसीको ६एनएम चिपका लागि क्वालकम तथा अन्य निर्माताको अर्डर

  • Technology Khabar | ११ असार २०७८, शुक्रबार
टीएसएमसीको ६एनएम चिपका लागि क्वालकम तथा अन्य निर्माताको अर्डर

काठमाडौं ।

क्वालकम मिडियाटेक तथा यूनिसोकजस्ता चिप निर्माताले हालै आफ्ना आउँदै गरेका फाइभजी मोबाइलका लागि आवश्यक प्रोसेसरको अर्डर टीएसएमसीलाई दिएका छन्।

यी अर्डरहरु ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको ६ एनएम प्रोसेसमा आधारित चिपका लागि गरिएको हो।

डिजिटाइम्सको एक रिपोर्ट अनुसार थुप्रै नाम चलेका चिप निर्माताहरुले टीएसएमसीलाई ६एनएम चिपको अर्डर दिएका हुन्। तर कुन कम्पनीले कति मात्रामा र कुन प्रकारको चिपको अर्डर गरे भन्ने चाहिँ अपुष्ट नै छ।

तर क्वालकमले आफ्नो यसै वर्षको उत्तरार्द्धमा सार्वजनिक हुने फोनका लागि टीएसएमसीलाई नयाँ चिपका लागि अर्डर दिएको यस अघि नै पुष्टि भइसकेको छ।

एक टिप्स्टरका अनुसार यी अर्डरहरु टीएसएमसीको  ५एनएम र ६एनएम प्रोसेसका चिपमा आधारित छन् भने यिनीहरु क्वालकमका मिड र हाइ रेन्ज मोबाइल प्रोसेसरका लागि प्रयोग हुने बुझिएको छ।

क्वालकम मिडियाटेक तथा यूनिसोकले ६एनएम प्रोसेसरमा यति धेरै चासो देखाउनुमा विश्वव्यापी रुपमा भएको चप अभावका बेला आवश्यक पर्दा विकल्पका रुपमा प्रयोग गर्नु रहेको आकलन गरिएको छ।

हालसम्म टीएसएमसीले आफ्नो ५एनएम प्रोसेसको क्षमता बराबरको अर्डर लिइसकेको छ। यसैले पनि यी कम्पनीहरुले ६एनएम प्रोसेसका चिपमा केन्द्रित भएको हुन सक्छ।

प्रकाशित: ११ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार