अमेजनले पडकास्ट होस्टिङ तथा मनिटाइजेशन प्लेटफर्म आर्ट१९ को स्वामित्व ग्रहण गर्ने

  • Technology Khabar | ११ असार २०७८, शुक्रबार
अमेजनले पडकास्ट होस्टिङ तथा मनिटाइजेशन प्लेटफर्म आर्ट१९ को स्वामित्व ग्रहण गर्ने

काठमाडौं ।

अमेजन म्युजिकले पडकास्ट प्लेटफर्म आर्ट१९ लाई किन्ने भएको छ। कम्पनीले हालै उक्त पडकास्ट होस्टिङ तथा मनिटाइजेशन कम्पनी किन्ने जानकारी दिएको हो।

तर यी दुई कम्पनीबीच के कति रकमममा सम्झोता भएको हो भन्ने खुलेको छैन।

यस हिसाबले अमेजनसँग अब थुप्रै पडकास्टरहरुको सामग्री हुनेछ भने आर्ट१९ ले विशेषगरी विज्ञापन बजार चलाउने भएकाले आफूलाई आवश्यक विज्ञापनहरु पनि निर्धक्कसँग प्रसारण गर्न सक्नेछ।

अमेजन म्युजिकका प्रवक्ताका अनुसार आर्ट१९ प्लेटफर्ममा भएका कुनै पनि फिचरहरु तत्काललाई परिवर्तन वा परिमार्जन हुने छैनन्।

अमेजन म्युजिकले गत सेप्टेम्बरमा पडकास्ट र अक्टोबरमा अडिबल सेवा शुरु गरेको थियो। त्यतिबेला यसले वन्डरी नामको स्वतन्त्र पडकास्ट नेटवर्कको स्वामित्व पनि ग्रहण गरेको थियो। यसमा आर्ट१९ पनि जोडिएपछि कम्पनी जोडतोडका साथ यो क्षेत्रमा अघि बढ्ने योजनामा रहेको आकलन गरिएको छ।

अमेजन म्युजिकले पहिलेदेखि नै अडियो विज्ञापनको व्यापार गर्दै आएकोले आर्ट१९ मार्फत् यो बजार अझ विस्तार हुने बुझिएको छ।

प्रकाशित: ११ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...