भारतको जियोद्धारा नयाँ फोरजी स्मार्टफोनको घोषणा, विश्वकै सबैभन्दा सस्तो फोन हुने दाबी

  • Technology Khabar | १० असार २०७८, बिहीबार
भारतको जियोद्धारा नयाँ फोरजी स्मार्टफोनको घोषणा, विश्वकै सबैभन्दा सस्तो फोन हुने दाबी

काठमाडौं ।

भारतीय कम्पनी रिलायन्सले आफ्नो एजीएममा जियोको नयाँ एन्ड्रोइड फोन ‘जियो फोन नेक्स्ट’ सुरू गर्ने घोषणा गर्‍यो।

भारतमा आज आयोजित वार्षिक कार्यक्रमको अवसर पारेर रिलायन्सका अध्यक्ष मुकेश अम्बानी तथा गुगलका सिईओ सीईओ सुन्दर पिचाईले नयाँ फोरजी स्मार्टफोन संयुक्तरुपमा अनावरण गरे ।

यो गुगलको सहयोगमा तयार पारिएको स्मार्टफोन हो। यो फोन लन्च गर्दै गुगलका सीईओ सुन्दर पिचाईले फोनको इन्टरनेटको स्पीड राम्रो भएको बताए।

कम्पनीको यो सस्तो स्मार्टफोन आउँदो १० सेप्टेम्बर गणेश चतुर्थीको दिनदेखि भारतीय बजारमा उपलब्ध हुनेछ। मूल्य भने कार्यक्रममा घोषणा गरिएको छैन् ।

नयाँ फोरजी फोन भारतीय बजारलाई ध्यानमा राखेर ल्याईएको हो । जहाँ सस्तो मूल्यमा बजेट मैत्री फोरजी फोन हुनेछ ।

मुकेश अम्बानीले यो फोरजी फोनको मूल्य भारतीय बजारमा मात्र नभई विश्व बजारमा नै सबैभन्दा सस्तो हुने बताए । उनले पहिले भारतमा परीक्षण गरिने र त्यसपछि अन्य बजारमा समेत लाने घोषणा गरे ।

प्रकाशित: १० असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...