नेपालको सूचना प्रविधिका क्षेत्रमा सहयोग गर्न इजरायल इच्छुक

  • Technology Khabar | ७ असार २०७८, सोमबार
नेपालको सूचना प्रविधिका क्षेत्रमा सहयोग गर्न इजरायल इच्छुक
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उनले नेपालका विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

उनले नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपाल–इजरायल सम्बन्धले ६० वर्ष पूरा गरेको र आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित: ७ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया