
काठमाडौं ।
नासाका अन्तरिक्ष यात्रीहरु शेन किम्ब्रो र ईएसए (यूरोपियन अन्तरिक्ष एजेन्सी) अन्तरिक्ष यात्री थोमस पेस्केटले आज अन्तरिक्ष यात्रा गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन बाहिर सोलार प्यानल सिस्टम जडान गरेका छन् । यसको लागि उनीहरुले ६ घण्टा २८ मिनेट अन्तरिक्ष स्टेशन बाहिर स्पेसवाक गरेका थिए ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको बाहिर यस वर्षको आठौं स्पेसवाकमा, दुई अन्तरिक्ष यात्रीहरूले स्टेशनको ब्याकबोन ट्रस संरचनाको बायाँ छेउमा नयाँ आईएसएस सोलार प्यानलको परिमार्जन पूरा गरेको नासाले उल्लेख गरेको छ ।
किम्ब्रो र पेस्क्वेटले सफलतापूर्वक सौर्य पथ खुलाएका थिए जसलाई पूरा प्रयोगको लागि सहि स्थानमा राखियो, र त्यसको केबुललाई स्टेशनको बिजुली आपूर्तिका लागि जडान गरियो ।
सो सौर्य प्यानल ६० फिट लामो रहेकोछ ।
थप रूपमा, अन्तरिक्ष यात्रीहरूले फ्लाइट सपोर्ट संरचनाबाट दोस्रो आईआरओएसए जारी गर्नका लागि तयारीमा हार्डवेयरलाई हटाए र भण्डारण गरेका थिए । सो जोडीले दोस्रो ‘सोलार एरे’ अपग्रेडको लागि समेत काम गर्नेछ जून पि६ ट्रस बि४ पावर च्यानलमा रहेको छ । उनीहरुले गर्ने अर्को स्पेसवाक आगामी जून २५को लागी अस्थायी रूपमा निर्धारित रहेको नासाले जनाएको छ।
नासाले स्पेस स्टेशनको आठवटा विद्युत च्यानलहरु मध्ये ६ वटा नयाँ सौर्य प्यानललाई अपग्रेड गर्दैछ जसले नासाको अर्टेमिसका लागि अन्वेषण टेक्नोलोजी प्रदर्शन र यसभन्दा पछाडि उपयोग र व्यवसायीकरणका लागि पर्याप्त बिजुली आपूर्ति कायम गर्नेछ।
नासाकाअनुार अन्तरिक्ष स्टेशन चालक दलका सदस्यहरूले हालसम्म परीक्षण प्रयोगशालाको एसेम्बली र मर्मतको सपोर्टमा २४० स्पेसवाकहरू गरेका छन्। स्पेसवाकरहरूले हालसम्म ६३ दिन ५६ मिनेट स्टेसनबाहिर काम गरेका छन्।
प्रकाशित: ७ असार २०७८, सोमबार