
काठमाडौं ।
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका वडा नं. ३ हिरापोखराकी ३५ वर्षीया नीरा विक र हेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मोबाइल चार्ज गर्नेक्रममा आइतबार बिहान घाइते भएकी विकको तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।
मोबाइलको पछाडिको भागमा रहेको धातुमा करेन्ट सर्ट हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ७ असार २०७८, सोमबार