९० प्रतिशत एनएफटीहरू केहि वर्षमा मूल्यहिन हुने क्वाइनबेसका सहसंस्थापकको भनाई

  • Technology Khabar | ७ असार २०७८, सोमबार
९० प्रतिशत एनएफटीहरू केहि वर्षमा मूल्यहिन हुने क्वाइनबेसका सहसंस्थापकको भनाई

काठमाडौं ।

अहिले निकै लोकप्रिय रहेका एनएफटीहरू (नन फन्गीबल टोकन) आगामी केहि वर्षमा मूल्यहिन हुने एक क्रिप्टोकरेन्सी प्लेटफर्मका सञ्चालकले बताएका छन् ।  क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म क्वाइनबेसका सह-संस्थापक फ्रिड एहर्समले हालै ९० प्रतिशत एनएफटीहरू (नन फन्गीबल टोकन) आउँदो तीनदेखि पाँच बर्षमा कुनै मूल्यको नहुने बताएसँगै बजारमा हलचल मच्चिएको छ ।

एहर्समको एनएफटी बारेकोआलोचना यस्तो समय आएकोछ जब डिजिटल एसेट वर्गले उत्साह सिर्जना गरेको छ र यसको लोकप्रियताले विश्वलाई नै प्रभावित गरिरहेको छ।

पूर्व गोल्डम्यान साक्स विदेशी विनिमय ट्रेडरले सन् १९९० को उत्तरार्धका प्रारम्भिक इन्टर्नेट कम्पनीहरू र अहिलेका एनएफटीहरूको बीच समानता भएकाे भन्दै उनले भने, ‘म यति टाढा जान्छु कि ९० प्रतिशत एनएफटीका उत्पादनहरुकाे मूल्य तीन देखि पाँच वर्षमा कम हुनेछ।’

ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा एहर्समले भनेअनुसार उनको लागि एनएफटी र रातारात चर्चाबाट उत्पन्न अन्य क्रिप्टो परियोजनाहरू बीच धेरै भिन्नता थिएन।

‘व्यक्तिहरू सबै प्रकारका चीजहरू जाँच्दैछन्। लाखौं क्रिप्टोकरेन्सीहरू र क्रिप्टो सम्पत्तिहरू हुनेछन्, जस्तै लाखौं लाख वेबसाइटहरू थिए। ती मध्ये धेरैले काम गर्दैनन्,’ एहर्समले भने।

तर उनले मिमबाट शुरु भएको डजीक्वाइन भने त्यत्तिकै नहराउने बताएका छन् । डजीक्वाइनले पुरै क्रिप्टो बजारलाई नयाँ उचाईमा पुर्याएको भन्दै मानिसहरुले सहजै त्यसलाई नबिर्सने उनको भनाई थियो ।

उनले एनएफटीहरुको बारेमा सकारात्मक नभएपनि एनएफटीहरुको बजार निरन्तर बढिरहेको छ । हालै क्रिप्टोपंक भनिने एउटा एनएफटी १४ लाख ७० हजार अमेरिकी डलर अर्थात करिब १७ करोड डलरमा बिक्री भएको थियो । एजेन्सी

प्रकाशित: ७ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...