नबिल बैंकको कोर बैंकिङ्ग सिस्टम अपग्रेड सम्पन्न, आगामी दिनमा थप डिजिटल अनुभव प्रदान गर्ने

  • Technology Khabar | ७ असार २०७८, सोमबार
नबिल बैंकको कोर बैंकिङ्ग सिस्टम अपग्रेड सम्पन्न, आगामी दिनमा थप डिजिटल अनुभव प्रदान गर्ने

काठमाडौं ।

नबिल बैंकले आफ्ना सेवाहरु आजदेखि सुचारु भएको जानकारी दिएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) लाई स्तरोन्नति गर्नका लागि शुक्रबार दिउँसो ४ बजेदेखि आज सोमबार बिहान ९ बजेसम्म कारोबार बन्द गरेको थियो ।

अब भने सम्पूर्ण सेवाहरु सहजरुपमा उपलब्ध भएको जनाएको छ ।

नबिल बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड, रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु शुरु भएको जानकारी दिएको हो ।

बैंकले थप डिजिटल अनुभव प्रदान गर्न आगामी दिनमा सहज हुने बताएको छ ।

प्रकाशित: ७ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार