
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत स्नातक तह प्रथम वर्षको परीक्षा फाराम भर्ने समयावधि थप गरेको छ ।
विश्वविद्यालयले हालै सूचना प्रकाशित गर्दै स्नातक तहको प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भर्ने समयभित्र अझै केहि क्याम्पस तथा विद्यार्थीहरुले अनलाइनमा फाराम भर्न नसकेको भन्ने गुनासो आएको बताएको छ ।
सोहिअनुसार स्नातक तहको प्रथम वर्षको नियमित आंशिक प्राइभेट र मौका परीक्षाका लागि असार ४ गतेसम्मको म्यादलाई थप गरेर अब विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा फाराम भर्ने समय असोज ७ गतेसम्म पुर्याएको छ ।
सो समयावधिभित्र सबै क्याम्पसहरु तथा विद्यार्थीहरुले तोकिएको मापदण्डअनुसार अनलाइनमार्फत परीक्षा फाराम भरेर शुल्क समेत परीक्षा नियन्त्रण कार्यालयको तोकिएका बैंक खातामा बुझाउन अनुरोध गरेको छ ।
त्यसैगरि अनलाइनमार्फत भरिएका फारामहरु रुजु गर्न आधिकारिक वेबसाइट टियू इक्जाम डट ईडियू डट एनपीमा लगइन गर्न भनिएको छ ।
हेर्नुहोस् विश्विवद्यालयको सूचना-

प्रकाशित: ६ असार २०७८, आईतवार