ट्विटरले भारतको कानून पालना गर्नुपर्ने संसदीय समितिको भनाई

  • Technology Khabar | ५ असार २०७८, शनिबार
ट्विटरले भारतको कानून पालना गर्नुपर्ने संसदीय समितिको भनाई

काठमाडौं ।

भारतमा केन्द्र सरकारको ट्विटरसँग जारी बिबादका बिच भारतको संसदिय समितिले ट्विटरका प्रतिनिधिहरूलाई देशको कानून पालना गर्न भनेका छन् ।

हालै सोशल मीडियाको दुरुपयोग सम्बन्धी छलफलमा कांग्रेस सांसद शशि थरूरको अध्यक्षतामा रहेको संसदीय समितिले सो कुरा बताएको भारतीय मिडियाहरुले स्रोतलाई उल्लेख गरे जानकारी दिएका छन् । संसदीय समितिले ट्विटरका पदाधिकारीहरूलाई सोधपुछ गर्दै उनीहरूको नीति भन्दा देशको कानून सर्वोपरि भएको स्पष्ट पारेको हो ।

संसदीय समितिले ट्विटरका प्रतिनिधिहरूलाई उनीहरूले भारतको कानून पालना गर्छन् कि भनेर सोधेका थिए, जसको जवाफमा ट्विटरले उनीहरूको नीति अनुसरण गर्ने बताएका थिए ।

सूचना प्रविधि सम्बन्धी नयाँ नियमलाई लिएर भारतको केन्द्र सरकार र ट्विटरबीचको अवरोधको बीचमा यस माइक्रोब्लगिंग साइटका पदाधिकारीहरूलाई शुक्रबार संसदीय समितिमा बोलाईएको थियो ।

मिडिया स्रोतहरूकाअनुसार संसदीय स्थायी समितिका सदस्यहरूले ट्विटरसामु उपस्थित प्रतिनिधिहरूलाई लिखित रूपमा भनाईहरु पेस गर्न आग्रह गरेका थिए ।

बैठक पछि ट्वीटरका प्रवक्ताले भने, ‘हामी संसदीय समितिको समक्ष आफ्नो धारणा राख्ने अवसरको कदर गर्दछौं। पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताका सिद्धान्तहरू अनुरूप नागरिकहरूको अधिकारलाई अनलाइन संरक्षण गर्ने महत्त्वपूर्ण कार्य समितिसँग काम गर्न तयार छ ।’ प्रवक्ताले भने, ‘हामी भारत सरकारसँगै सार्वजनिक अभिव्यक्तिको सेवा र सुरक्षाको लागि हाम्रा साझा प्रतिबद्धताहरूको पक्षका रूपमा कार्य गर्ने छौं,’

प्रकाशित: ५ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार