राउटे युवतीमाथि भएको दुर्व्यवहारको भिडियो प्रसारण गर्ने युट्युव र साइट बन्द गराउन अदालतको आदेश

  • Technology Khabar | २९ जेष्ठ २०७८, शनिबार

काठमाडौं ।

सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने युट्युव र साइटलाई कडाईका साथ बन्द गर्न आदेश दिएको छ ।

करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युब च्यानलहरुमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक गरिएको भन्दै त्यस्ता भिडियोहरु हटाउन आदेश दिएको हो।

युट्युब विभिन्न च्यानलहरुले भिडियो अपलोड गरेर पीडितको पहिचान सार्वजनिक गराउने, अनुसन्धानका क्रममा रहेका कतिपय अवस्थालाई तोडमोड गरेर मानिसमा नयाँ भाष्य सिर्जना गर्ने अवस्था देखेपछि न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यस्ता समाग्री तत्काल हटाउन आदेश दिएको हो ।

‘संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्नेबारे लेखी पठाउनू,’ आदेशमा भनिएको छ ।

त्यसैगरि सो आदेश अनुसार भिडियो नहटाउने साइट तत्काल बन्द गर्ने व्यवस्था मिलाउन पनि अदालतले आदेश दिएको छ ।

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार