रियलमी जीटी नियोको बिक्री चीनमा पाँच लाख थान नाघ्यो

  • Technology Khabar | २८ जेष्ठ २०७८, शुक्रबार
रियलमी जीटी नियोको बिक्री चीनमा पाँच लाख थान नाघ्यो

काठमाडौं ।

जुन १० अर्थात् बिहीबार रियलमीले आफ्नो जीटी नियो मोडलको स्मार्टफोन ५ लाख थान बिक्री भएको घोषणा गरेको छ।

कम्पनीले आफ्नो वेबो एकाउन्टमा यसबारे आधिकारिक जानकारी पोस्ट गरेको हो। उक्त स्मार्टफोन गत मार्च ३१ मा सार्वजनिक भएको थियो भने अप्रिलबाट बिक्रीमा गएको थियो।

पहिलो फ्ल्याश सेलको १० सेकेन्डमै यो डिभाइसले १ करोड ५० लाख डलर बराबरको व्यापार गरेको थियो।

रियलमी जीटीमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.४३ इन्चको फुलएचडी+ एमोलेड डिस्प्ले तथा अन्डर डिस्प्ले फिंगरप्रिन्ट सक्यानर राखिएको छ। यसबाहेक यसमा १६ मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा दिइएको छ। पछाडिपट्टि ६४ मेगापिक्सेलको सोनीको आईएमएक्स६८२ क्यामरासहितको क्वाड क्यामरा सेटअप दिइएको छ।

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार