ओपोद्वारा स्मार्ट कारको ट्रेडमार्कका लागि आवेदन

  • Technology Khabar | २७ जेष्ठ २०७८, बिहीबार
ओपोद्वारा स्मार्ट कारको ट्रेडमार्कका लागि आवेदन

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्नो स्मार्ट कारका लागि ट्रेडमार्क लिन आवेदन दिएको छ।

हालै बाहिर आएका रिपोर्टहरुका अनुसार ओपो ग्वाङडोङ मोबाइल कम्युनिकेशन्स कम्पनी लिमिटेडले ‌ ‘ओकार’ ट्रेडमार्कका लागि आवेदन दिएको हो। उक्त ट्रेडमार्कको वर्गीकरणमा वैज्ञानिक उपकरण लेखिएको बुझिएको छ।

उक्त ट्रेडमार्कको बारेमा गहन अध्ययन र परीक्षण भइरहेको छ। ओपोका संस्थापक चेन मिनयङ नेतृत्वको टोलीले आफ्ना स्रोत साधन कम्पनीको तथा बौद्धिक श्रृङ्खलाका बारेमा अध्ययन अनुसन्धान गरिरहेको छ।

‘ओपोले केही पूर्व अनुसन्धान, बोध र अध्ययन गरिरहेको छ तर तत्कालका लागि परियोजना स्थापना भने गरिसकेको छैन, रिपोर्टमा भनिएको छ।

ओपोका अधिकारीहरुका अनुसार कम्पनीले कारको मेशिनसँगको अन्तरआबद्धता तथा फ्ल्याश चार्जिङको लेआउट डिजाइन तयार पारिसकेको छ।

हालसम्म ओपो कारका बारेमा अन्य विवरण बाहिर आएका छैनन्। तर ट्रेडमार्कका लागि आवेदन दिनुले कम्पनीले विद्युतीय कार निर्माणमा हात हाल्ने भने पक्का भएको छ।

*हेडलाइन सम्पादन

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • २७ जेष्ठ २०७८, बिहीबार