
काठमाडौं ।
गुगलले गत महिना आफ्नो एन्ड्रोइड १२ को पब्लिक बिटा सार्वजनिक गरेको थियो। अब भने यसको दोस्रो बिल्ड सबैभन्दा पहिला पिक्सेल डिभाइसहरुमा उपलब्ध हुने भएको छ।
यो अपडेटपछि यी डिभाइसहरुमा आई/ओ इभेन्टमा घोषणा गरिएका केही गोपनीयतासम्बन्धी फिचरहरु उपलब्ध हुनेछ।
गुगल पिक्सेल ५ मा यो अपडेट गरेपछि एक यूजरले डिभाइसको यूजर इन्टरफेस निकै राम्रो देखिएइको टिप्पणी गरेका छन्।
पहिलो बिल्डमा रहेको ठूलो भोल्युम स्लाइडरको आकार अलि सानो र आकर्षक बनाइएको छ। गुगलले यसैगरी बिटा अवधिभरी एन्ड्रोइड १२ को इन्टरफेसमा परिमार्जन गरिरहने अपेक्षा गरिएको छ।
एन्ड्रोइड बिटा हाल गुगल पिक्सेल ३, ३ एक्सएल, ३ए, ३ए एक्सएल ४, ४ एक्सए,ल ४ए फाइभजी तथा ५ मा उपलब्ध छ।
यसबाहेक वनप्लस, असुस, आईकू, ओपो, रियलमी, टीसीएल, टेक्नो, शाओमी र जेडटीई पनि एन्ड्रोइड बिटाको लहरमा छन्।
प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार