
काठमाडौं ।
काठमाडौं, २० कात्तिक । सेञ्चुरी बैंकले बिहिवारदेखि गुठी संस्थान, त्रिपुरेश्वरमा एक्सटेन्सन् काउन्टर सेवा सुरु गरेको छ । साथै, वैशाख १२ गते भुकम्पले क्षति भएको त्रिपुरेश्वरस्थित त्रिभुवनको सालिकमा राखेको ट्राफिक आईलेण्डलाई यस बैंकले मर्मत तथा सांभार गर्नको लागि सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं महानगरपालिकाबीच पूर्ण निर्माण गर्ने गरी ५ वर्षको सम्झौता गरेको छ ।
आ.व. २०७१/७२ को आषाढ मसान्तसम्म यस बैंकले कुल निक्षेप रु.२४.९५ अर्व र कर्जा रकम रु. २०.३५ अर्व परिचालन गरी रु. ३२.७४६ करोड सञ्चालन मुनाफा र २५.७९१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २६ वटा ए.टी.एम्, १० वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित: २० कार्तिक २०७२, शुक्रबार