राष्ट्रिय आविष्कार केन्द्रले भिरकोट नगरपालिकामा बनायो मिनी अक्सिजन प्लान्ट

  • Technology Khabar | २६ जेष्ठ २०७८, बुधबार
राष्ट्रिय आविष्कार केन्द्रले भिरकोट नगरपालिकामा बनायो मिनी अक्सिजन प्लान्ट

काठमाडौं ।

भिरकोट नगरपालिका १ मा रहेको भिरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र र भिरकोट नगरपालिकाको संयुक्त लगानीमा मिनी अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।

कोभिड १९ को महामारीमा सङक्रमितलाई अक्सिजनको आवश्यकतालाई मध्यनजर गर्दै आविष्कार केन्द्र र नगरपालिकाले जिल्लामा पहिलो पटक अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।

अक्सिजनको अभावमा सङक्रमितको मृत्यु भएको बेला भीरकोटमा निर्माण भएको अक्सिजन प्लान्टले स्याङ्जावासीलाई अकालमै मृत्यु हुनबाट जोगाउने नगर प्रमुख प्रमुख छायाराम खनालले बताए ।

एक पटकमा १२ जनालाई अक्सिजन दिन मिल्ने गरी निर्माण गरिएको प्लान्ट २० लाखको लागतमा निर्माण भएको खनालले बताए ।

नेपालमै पहिलो पटक परीक्षणका रूपमा आविष्कार केन्द्रले निमार्ण गरेको केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले बताए । काठमाडौंमा अनुसन्धान गरेको प्लान्टलाई भिकोट नगर अस्पतालमा सफल परीक्षण गरेर सफलता हासिल गरेको देबले बताए  ।

अब नेपालले अक्सिजन उत्पादनमा कुनै समस्या झेल्न नपर्ने बताउँदै इन्जिनियर देवले देशका जुनसुकै भागमा यस्ता प्लान्ट निमार्ण गर्न सकिने बताए। अहिले सम्म गरेको अनुसन्धानले २५ देखि ३० जनासम्मलाई मिनी प्लान्टले एकै पटक अक्सिजन दिन सकिने गरी बनाउन मिल्ने देबले बताए ।

भिरकोट नगर अस्पतालमा एक मिनेटमा १२ जनालाई पाँच/पाँच लिटरका दरले अक्सिजन दिन मिल्ने देबको भनाई थियो ।

दश लिटर अक्सिजन उत्पादन गर्ने छ वटा र पाँच लिटर अक्सिजन उत्पादन गर्ने एक गरी सात वटा अक्सिजन जेनेरेटरले एक मिनेटमा ६५ लिटर अक्सिजन उत्पादन हुने छ ।

अविष्कार केन्द्रका १० जनाको टोलीले दुई दिनमै प्लान्ट बनाउन सफल भएको र यहाँ जडान भएको मिनी अक्सिजन प्लान्ट विद्युत् अवरुद्ध भए पनि दुई घण्टा सम्म काम गर्ने क्षमताको रहेको छ । गोरखापत्रअनलाइनबाट

प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • २६ जेष्ठ २०७८, बुधबार