टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा अरुको फोटो दुरुपयोग गर्दै हुनुहुन्छ? साइबर ब्यूरोको फन्दामा परिएला

  • Technology Khabar | २४ जेष्ठ २०७८, सोमबार
टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा अरुको फोटो दुरुपयोग गर्दै हुनुहुन्छ? साइबर ब्यूरोको फन्दामा परिएला

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा अरुको फोटो भिडियो फोटोशप गरेर तथा अन्य रुपमा रुपान्तरण गरेर प्रयोग गरिने गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ।

ब्यूरोले प्रचलित कानुनले प्रकाशन, प्रसारण गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन प्रसारण गरेको पाइएकोले यस्ता सामग्रीहरु सामाजिक सञ्जालमा प्रयोग गर्दा दण्डनीय हुने पुन: जानकारी गराएको छ।

यस्ता सामग्रीहरु र ब्यूरोमा आएका उजुरीमाथि छानबिन चलिरहेको र तिनिहरुउपर पनि प्रचलित कानुनअनुरुप आवश्यक कारबाही हुने जनाएङ्को छ।

अहिेले लकडाउनका बेला पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्रहत्या गर्ने उद्देश्यबाट यस्ता सामग्री बनाउने तथा प्रकाशन प्रसारण गर्ने गरेको पाइएकोले यस्ता अवाञ्छित क्रियाकलाप नगर्न नगराउन सबैमा आग्रह गर्दै यस्तो गरेको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने पनि जनाएको छ।

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २४ जेष्ठ २०७८, सोमबार

NOC from Nagarik App

  • २४ जेष्ठ २०७८, सोमबार

E-pension verification system launched

  • २४ जेष्ठ २०७८, सोमबार