तियानमेन स्क्वायर बारे पोस्ट गरेसँगै चीनको ईकमर्श एप साओहाङ्गशुको एकाउन्ट बन्द

  • Technology Khabar | २४ जेष्ठ २०७८, सोमबार
तियानमेन स्क्वायर बारे पोस्ट गरेसँगै चीनको ईकमर्श एप साओहाङ्गशुको एकाउन्ट बन्द

काठमाडौं ।

लोकप्रिय चिनियाँ ईकमर्श एप साओहाङ्गशुका लागि एक सामाजिक मिडिया एकाउन्ट ब्लक गरिएको छ। कम्पनीले हालै तियानमेन स्क्वायर क्रयाकडाउनको वार्षिकोत्सवमा पोष्ट जारी भएपछि सो कम्पनीको एकाउन्ट ब्लक गरिएको हो ।

कम्पनीले सन् १९८९ मा चीनको तियानमेन स्क्वायरमा प्रजातन्त्रको लागि गरिएको सभालाई दबाईएको घट्नाको वार्षिकोत्सव पारेर नयाँ पोस्ट गरेको थियो ।

चीनको सामाजिक सञ्जाल वेबोमा गरिएको पोस्टमा,’मलाई ठूलो स्वरमा भन्नुसः आज कुन मिति हो ?’

यसको १ करोड ४० लाख फलोअरहरूको पोष्ट द्रुत रूपमा मेटाइएको थियो।

यसको वेबो पेज हाल एक सन्देशद्वारा बदलिएको छ जसमा भनिएको छ, ‘कानून र नियमहरूको उलंघनको  अनुसन्धान भइरहेको छ।’

साओहाङ्गशुले यस विषयमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैनन्। सोमबार बिहानसम्म, वेबोमा यसको खाता लक रहेको छ तर कम्पनीको एप जसमा अनुमानित ३० करोड प्रयोगकर्ताहरू छन् अझै कार्यरत छ।

चिनियाँ इन्टरनेट दिग्गज अलीबाबा र टेन्सेन्टको सपोर्ट प्राप्त साओहाङ्गशुलाई ईकमर्सको साथ चीनको इन्स्टाग्रामको रूपमा वर्णन गरिएको छ । अधिकतर युवा, शहरी चिनियाँ महिलाहरूले यसलाई प्रयोग गर्दछन्। एजेन्सी

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार