फेसबुकले डोनाल्ड ट्रम्पलाई दुई वर्षसम्म निलम्बन गर्ने, इन्स्टाग्राममा पनि रोक

  • Technology Khabar | २२ जेष्ठ २०७८, शनिबार
फेसबुकले डोनाल्ड ट्रम्पलाई दुई वर्षसम्म निलम्बन गर्ने, इन्स्टाग्राममा पनि रोक

काठमाडौं ।

फेसबुक इंकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टलाई दुई बर्षका लागि निलम्बित गरेको छ।

अमेरिकाको क्यापिटल हिल दंगामा गरिएको पोष्टका कारण जनवरीमा उनलाई दुबै साइटहरूबाट अनिश्चित कालका लागि प्रतिबन्ध लगाइएको थियो, तर गत महिना फेसबुकको ओभरसाइट बोर्डले ओपन इन्डेड गरिएको दण्डको आलोचना गरेको थियो ।

फेसबुकले ट्रम्पको कार्यहरू ‘हाम्रा नियमहरूको गम्भीर उल्लंघन’ भएको बताएको छ ।

ट्रम्पले गत बर्षको राष्ट्रपति चुनावमा उनलाई मतदान गरेका लाखौंलाई यो कदम ‘अपमान’ भएको बताए ।

फेसबुकको यो कदम त्यसबेला आएको छ जतिबेला सोशल मिडिया जायन्टले राजनीतिज्ञहरुलाई केही सामग्रीहरुमा मोडरेटर नियमहरूबाट जोगाउने नीति अन्त्य गर्दैछ।

यसले भन्यो, ‘यसले राजनेताहरुलाई उनीहरुका टिप्पणीका आधारमा भ्रामक वा अपमानजनक सामग्रीका लागि छुट दिने छैनन्।’

ट्रम्पको प्रतिबन्ध ७ जनवरीको प्रारम्भिक निलम्बनको मितिदेखि प्रभावकारी रहेको फेसबुकको वैश्विक मामिलाका उपाध्यक्ष निक क्लेगले एक पोस्टमा भनेका छन् ।

‘ट्रम्पको निलम्बन निम्त्याउने परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै, हामी विश्वास गर्दछौं कि उनको कार्यले हाम्रा नियमहरूको गम्भीर उल्लंघन गरेको हो जुन सबैभन्दा बढी दण्डको लागि योग्य हुन्छ।’ उनले भने ।

‘ट्रम्प फिर्ता भएपनि त्यसबेला ट्रम्प कुनै पनि उल्लंघनको लागि तिब्र गतिमा बढ्दो प्रतिबन्धको कडा सेटमा समाहित हुनेछन्,’ क्लेगको विज्ञप्तिमा उल्लेख छ।

अर्कोतर्फ सेभ अमेरिका पोलिटिकल एक्शन कमिटीबाट जारी विज्ञप्तिमा ट्रम्पले भने, “फेसबुकको फैसलाले ७ करोड ५० लाख जनसंख्या र अरु धेरैलाई अपमान गर्दछ जसले हामीलाई मतदान गरे …।” 

प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...