
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको शेयर सर्वसाधारण ग्राहकहरुलाई दिने योजना समाजवाद उन्मुख अर्थतन्त्रको लागि योजना भएको बताएका छन्।
उनले यसलाई गेम चेन्जर प्रोजेक्टको रुपमा ब्याख्या गर्दै सरकारको समाजवाद उन्मुख र सबैलाई लाभ हुने किसिमको योजना भएको दाबी गरे ।
‘समाजवाद उन्मुख अर्थतन्त्रको लागि गेमचेन्जर कार्यक्रमको रुपमा बजेटमा नेपाल टेलिकमको शेयर संरचना जनतालाई दिने र रणनीतिक पार्टनर भित्र्याउने समेत निर्णय गरेको छ,’ मन्त्री गुरुङले भने ।
हामीले नै कम्पनीलाई धनी बनाएको भन्दै नाफा मुलुक कम्पनीको हिस्सोदार बनाउन सरकारले आफ्नो शेयरमध्ये २२ प्रतिशत शेयर दिने निर्णय गरेको उनको भनाई थियो । ‘टेलिफोन कम्पनीको हिस्सेदार जनता हुन पाउने कि नपाउने’ प्रश्न गर्दै जुन सेवा लिन्छ त्यो सेवालाई शेयरमा रुपान्तरण गर्न पाउने बताए ।
यो समाजवाद उन्मुख नीति भएको र अर्थ मन्त्रालयको नीजिकरण समितिमार्फत जनतालाई धनी बनाउने र समृद्ध नेपाललाई सहयोग पुर्याउन ल्याएको बताए । यसले गरिबी निवारणमा पनि सहयोग पुग्ने उनको भनाई थियो ।
प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार